आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
ratopati.com · Mon Jun 08 10:45:46 GMT 2026

तेहरान । आफ्नो ऊर्जा पूर्वाधारमाथि आक्रमण जारी रहे पश्चिम एसियाका अन्य ऊर्जा केन्द्रहरू पनि निशानामा पर्ने चेतावनी इरानले दिएको छ । इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीले एक अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार इरानले अमेरिकी वा इजरायली स्वामित्व अथवा लगानी रहेका क्षेत्रीय तेल तथा ग्यास संरचनाहरूलाई वैध सैन्य लक्ष्य मान्ने बताएको छ ।
स्रोतका अनुसार इरानका ऊर्जा केन्द्रहरूमा थप आक्रमण भए अमेरिका र इजरायलसँग सम्बन्धित सबै तेल तथा ग्यास पूर्वाधार लक्षित गरिनेछ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले सोमबार जारी गरेको वक्तव्यमा इजरायलले महशहरस्थित पेट्रोकेमिकल केन्द्रमा गरेको आक्रमणको जवाफस्वरूप इजरायलको हाइफा क्षेत्रमा रहेको ऊर्जा पूर्वाधारमाथि क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ ।
Read full story at source (ratopati.com)