हुलास स्टिलले जरिवाना नतिर्ने, कानुनी उपचारमा जाने
ratopati.com · Thu Aug 06 14:35:53 GMT 2026

बारा । बाराको सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिज लिमिटेड प्रालिले उद्योग मन्त्रालय र जितपुरसिमरा उपमहानगरपालिकाले कारबाहीस्वरूप लगाएको जरिवाना रकम नबुझाउने बताएको छ ।
सिर्सिया नदी प्रदूषण गरेको आरोपमा उद्योग मन्त्रालयले हुलास स्टिललाई १० लाख रुपैयाँ जरिवाना गरेको छ भने असार अन्तिम साता पत्र काटेर जितपुरसिमरा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ जरिवाना गरेको थियो । उद्योग प्रशासनले सङ्घ र पालिकाले कारबाहीस्वरूप लगाएको १५ लाख रुपैयाँ नबुझाउने, बरु कानुनी उपचारमा जाने जनाएको छ ।
Read full story at source (ratopati.com)