भदौ १२ मा ग्लोबल कल्चरल एक्सपिडिसनको औपचारिक शुभारम्भ हुने
ratopati.com · Thu Aug 06 14:46:30 GMT 2026

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा लन्च कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ। कार्यक्रम १२ भदौ २०८३ (२८ अगस्ट २०२६) का दिन द एभरेस्ट होटल, बानेश्वर, काठमाडौंमा आयोजना हुने जनाइएको छ।
“Connecting Cultures • Inspiring Communities • Creating Global Opportunities” अर्थात् “संस्कृतिहरूलाई जोड्दै • समुदायलाई प्रेरित गर्दै • विश्वव्यापी अवसर सिर्जना गर्दै” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमले नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबीच सांस्कृतिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको फाउन्डेसनले जनाएको छ।
Read full story at source (ratopati.com)