एनआरएनए एसिया–प्रशान्त सम्मेलनको तयारी अन्तिम चरणमा
ratopati.com · Thu Aug 06 14:56:12 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकतापछि पहिलो पटक आयोजना हुन लागेको ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलन अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा हुँदैछ।
सम्मेलनलाई सफल बनाउन एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कंडेल (आरसी) नेतृत्वको टोली विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्, आयोजक टोली तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीसँग निरन्तर समन्वयमा सक्रिय रहेको जनाइएको छ।
Read full story at source (ratopati.com)