नाइजेरियामा सुरक्षा कारबाहीपछि ३०८ अपहरित व्यक्तिको उद्धार
lokaantar.com

नाइजेरियाको मध्य क्षेत्रमा सशस्त्र विद्रोहीद्वारा धेरै महिनादेखि बन्धक बनाइएका कम्तीमा ३०८ व्यक्तिलाई खुफिया जानकारीमा आधारित सैन्य कारबाहीपछि उद्धार गरिएको नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले पुष्टि गरेका छन् ।
बुधबार राति जारी विज्ञप्तिमा टिनुबुले यस कारबाहीलाई ‘सफल’ अभियान भन्दै संलग्न सुरक्षाकर्मीको प्रशंसा गरेका छन् । पीडितहरू फेब्रुअरी ३ र ४ बीच उत्तर–मध्य राज्य क्वारा र नाइजरमा छुट्टाछुट्टै आक्रमणमा अपहरण गरिएका सयौँ व्यक्तिमध्ये रहेका बताइएको छ ।
Read full story at source (lokaantar.com)