नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार
ratopati.com · Thu Aug 06 15:33:32 GMT 2026

नाइजेरियाको मध्य क्षेत्रमा सशस्त्र विद्रोहीद्वारा धेरै महिनादेखि बन्धक बनाइएका कम्तीमा ३०८ व्यक्तिलाई खुफिया जानकारीमा आधारित सैन्य कारबाहीपछि उद्धार गरिएको नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले पुष्टि गरेका छन् ।
बुधबार राति जारी विज्ञप्तिमा टिनुबुले यस कारबाहीलाई ‘सफल’ अभियान भन्दै संलग्न सुरक्षाकर्मीको प्रशंसा गरे । पीडितहरू फेब्रुअरी ३ र ४ बीच उत्तर–मध्य राज्य क्वारा र नाइजरमा छुट्टाछुट्टै आक्रमणमा अपहरण गरिएका सयौँ व्यक्तिहरूमध्ये रहेका बताइएको छ ।
Read full story at source (ratopati.com)