तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार माग
ratopati.com · Thu Aug 06 15:31:10 GMT 2026

काठमाडौँ । नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मल आपूर्ति तथा वितरण, कृषि पूर्वाधार र विषयमा विस्तृत छलफल भएको छ ।
कृषि वन तथा पर्यावरण मन्त्रालयमा आज भएको छलफलमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीसहित सांसदहरू तथा किसानका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा नुवाकोट, धादिङ र काभ्रेपलाञ्चोकका किसान तथा सरोकारवालाले आफूहरूले भोगिरहेका समस्या राखेका थिए ।
Read full story at source (ratopati.com)