चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुला
ratopati.com · Thu Aug 06 15:37:32 GMT 2026

काठमाडौँ । चिकित्सा शिक्षा आयोग परीक्षा निर्देशनालयले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरू (एमबीबीएस, बीडीएस,बीएस्सी नर्सिङ,बीपीएच,बाम्स) मा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम आह्वान गरेको छ ।
आयोगले आज बिहीबार जारी गरेको सूचनाअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आगामी श्रावण २५ गते बिहान ९ बजेदेखि २०८३ भदौ १५ गते अपराह्न ५ बजेसम्म आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत नियमित शुल्कमा आवेदन दिन सक्नेछन् ।
Read full story at source (ratopati.com)