जलेश्वर कारागारका कैदीबन्दीले गरे बाढी पीडीतलाई एक लाख सहयोग
onlinekhabar.com · Mon Aug 31 09:55:44 GMT 2026

१५ भदौ, जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन् । कारागारमा रहेका ४५५ कैदीबन्दीले विपद्मा सहयोग गर्न चन्दा संकलन गरेका थिए ।
गत भदौ १० गते रसुवाको भोटे कोशीमा आएको भीषण बाढी ठूलो जनधनको क्षति भएको छ । बन्दीहरूले पीडितको राहत तथा उद्धार कार्यका लागि उक्त रकम आफैमा संकलन गरेर प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको कारागार प्रमुख अशोक कुमार क्षेत्रीले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)