अरशद वारसीको टिप्पणी– ‘कंगनाले बलिउडमा नेपोटिज्मको मुद्दा ल्याइन्, स्टारकिड्सलाई पनि हुन्छ दबाब
newsofnepal.com · Mon Aug 31 10:07:21 GMT 2026

बलिउडमा लामो समयदेखि चर्चामा रहेको परिवारवाद अर्थात् नेपोटिज्मबारे अभिनेता अरशद वारसीले हालै आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले बलिउडमा स्टारकिड्स अर्थात् कलाकारका छोराछोरीलाई प्रवेश पाउन तुलनात्मक रूपमा सहज हुने भए पनि उनीहरूको सफलता भने प्रतिभामा निर्भर हुने बताएका छन्।
फिल्मीज्ञानसँगको एक पोडकास्टमा कुराकानी गर्दै अरशदले आफूले करियर सुरु गर्दा नेपोटिज्म ठूलो बहसको विषय नरहेको बताए। उनका अनुसार अभिनेत्री कंगना रनौतले यो विषयलाई सार्वजनिक बहसमा ल्याएपछि बलिउडमा नेपोटिज्मबारे व्यापक चर्चा हुन थालेको हो।
Read full story at source (newsofnepal.com)