कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
lokaantar.com

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डको बिहीबारको निर्णयअनुसार साउन २ र ३ गते सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरिएको हो।
बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यससँगै परीक्षाको उत्तीर्ण प्रतिशत ८१.१९ रहेको बोर्डले जनाएको छ।
Read full story at source (lokaantar.com)