कांग्रेस पूर्वसभापति देउवा मंगलबार काठमाडौं आइपुग्ने
barnanmedia.com · Thu Aug 06 15:54:06 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा मंगलबार नेपाल फर्कने भएका छन् । उनी पाँच महिनापछि स्वदेश फर्कन लागेका हुन् । स्वास्थ्य उपचारका लागि भन्दै २१ फागुनको निर्वाचनमा मतदानसमेत नगरी सिंगापुर गएका देउवा २६ साउनमा फर्किने कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए ।
देउवा १३ फागुनमा नेपालबाट आफ्ना प्रमुख स्वकीय सचिव भानु देउवासँग सिंगापुर गएका थिए । देउवा जानुअघि नै भारत गएकी उनकी पत्नी आरजु भने त्यतैबाट सिंगापुर पुगेकी थिइन् । उपचारका लागि विदेशमै रहेका बेला देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियाने ।
Read full story at source (barnanmedia.com)