इजरायली राजदूत भन्छन्– नेपालसँग श्रम सहकार्य विस्तार गर्न इच्छुक छौं
onlinekhabar.com · Thu Aug 06 15:59:45 GMT 2026

२१ साउन, गण्डकी । नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले इजरायल नेपालसँग श्रम सहकार्य विस्तारका लागि इच्छुक रहेको बताएका छन् । पोखरामा बिहीबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा राजदूत बासले इजरायल र नेपाल सरकारबीच थप श्रम समझदारीका विषयमा छलफल भइरहेको बताएका हुन् ।
राजदूत बासले ‘केयर गिभिङ’, कृषिलगायतका क्षेत्रमा नेपालीलाई थप रोजगारीका अवसर उपलब्ध गराउन पहल भइरहेको बताए । ‘केयर गिभर’का रूपमा नेपाली श्रमिकले इजरायलमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो ।
Read full story at source (onlinekhabar.com)