बाढी पीडितलाई कांग्रेस काभ्रेको सहयोग गर्यो साढे १७ लाख बढी रकम
onlinekhabar.com · Mon Aug 31 10:04:10 GMT 2026

१५ भदौ, काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ। काभ्रे कांग्रेसले १७ लाख ६२ हजार ९५७ रुपैयाँ सहयोग गरेको हो।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ क्षेत्रमा ठूलो मानवीय एवं भौतिक क्षति गरेकोले ती क्षेत्रमा राहत तथा उद्धारका लागि काभ्रे कांग्रेसले पार्टी सदस्य र शुभेच्छुकबाट संकलन गरेको रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको हो।
Read full story at source (onlinekhabar.com)