डेंगीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान
nepalnews.com · Thu Aug 06 16:48:53 GMT 2026

बागलुङ। साउन लागेयता बागलुङमा डेंगी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको छ। डेंगी सङ्क्रमण तीव्र भएपछि आजदेखि जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो।
डेंगी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन उक्त अभियान सुरु गरिएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए। “टोल र समुदायस्तरमा डेंगीको सङ्क्रमण नियन्त्रणका लागि सचेतना जगाउन अभियान सुरु गरिएका हो‚” उनले भने, “डेंगी नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्छ।”
Read full story at source (nepalnews.com)