माछापुच्छ्रेको बैंकिङ एप ‘एमबीएल एम-स्मार्ट’ मार्फत नेपाल-भारत-नेपाल क्रस बोर्डर ट्रान्सफर सेवा सुरु
aarthiknews.com

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘एमबीएल एम–स्मार्ट’ मार्फत नेपाल–भारत–नेपाल क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ। बैंकले यो सेवाले दुई देशबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स कारोबारलाई थप सहज, सुरक्षित र छिटो बनाउने जनाएको छ।
बैंकका अनुसार नयाँ सेवामार्फत भारतमा बसोबास, अध्ययन वा रोजगारी गरिरहेका नेपाली नागरिकले भारतमा प्रचलित यूपीआई (UPI) आबद्ध डिजिटल भुक्तानी एप प्रयोग गरी नेपालस्थित परिवारजन वा अन्य लाभग्राहीको बैंक खातामा सिधै रकम पठाउन सक्नेछन्। पठाइएको रकम लाभग्राहीको खातामा तत्काल जम्मा हुने भएकाले रेमिट्यान्स सेवा अझ छिटो र सहज हुने बैंकको विश्वास छ।
Read full story at source (aarthiknews.com)