विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ
ratopati.com · Thu Aug 06 17:27:39 GMT 2026

काठमाडौँ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा सङ्खुवासभाको खाँदबारी नगरपालिका(३ बस्ने ६५ वर्षीय हेमराज घिमिरेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
उक्त कसुर संलग्न रहेका निजलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले खाँदबारी नगरपालिका–१ बाट पक्राउ गरेको हो । निजउपर जिल्ला अदालत सङ्खुवासभाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read full story at source (ratopati.com)