हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
baahrakhari.com · Thu Aug 06 18:06:04 GMT 2026

यमन । यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार कम्तीमा ३८ सरकारी सैनिक मारिएका छन् । उक्त घटनामा २९ जना घाइते भएका दुई फरक चिकित्सा स्रोतले एएफपीलाई जानकारी दिएका छन् ।
यो दुई पक्षबीच वर्षौंमा सबैभन्दा घातक दिनहरूमध्ये एक हो । एक सैन्य अधिकारीले एएफपीसँग बताए, “मध्य यमनको मरिब प्रान्तको अल–रुवाइक क्षेत्रमा रहेको सैन्य शिविरमा आक्रमण भएको छ भने साउदी अरबसँगको सीमा नजिक हद्रमाउतको अल–अब्र र अल–वदियाह क्षेत्रका शिविरहरूमा पनि आक्रमण भएको छ ।”
Read full story at source (baahrakhari.com)