नेपालगन्जमा चहेल्लम पर्व सम्पन्न
ratopati.com · Thu Aug 06 19:53:53 GMT 2026

बाँके। मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व चहेल्लम सम्पन्न भएको छ । कर्बलाका सहिदको सम्झनास्वरुप मोहर्रमको ४० दिनपछि मनाउने चहेल्लम पर्वमा बुधबार राति ताजिया राख्ने गरिन्छ ।
नेपाल मोहरर्म पर्व धम्बोझीका अध्यक्ष मेराज अहमद हिमालका अनुसार अलमसहितको हुसैनी जुलुस नगर परिक्रमा गरी सम्पूर्ण ताजियालाई एकीकृत गरी स्थानीय कर्बलामा विसर्जन गरी चहेल्लम पर्व बिहीबार समापन गरिएको थियो ।
Read full story at source (ratopati.com)