लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान
rajdhanidaily.com · Mon Jun 08 11:25:44 GMT 2026

काठमाडौं । लिटमस इन्डस्ट्रिज लिमिटेडलाई नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ वार्षिक साधारण सभामा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विद्या अन्र्तगत पुरस्कार प्रदान गरिएको छ । सिएनआईका सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निर्यात गर्ने उद्योगका रूपमा कम्पनी सम्मानित भएको हो।
नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक लिटमस नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (एएल) रड उत्पादन गर्ने एकमात्र उद्योग पनि हो। कम्पनीले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र निर्यात विस्तारमार्फत नेपालको औद्योगिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
Read full story at source (rajdhanidaily.com)