पर्खाइमा बसेका आफन्त भन्छन् : अन्तिमपटक देख्न पाए नि हुन्थ्यो
ratopati.com · Thu Aug 27 15:25:41 GMT 2026

चितवन । भित्र शवगृह तयार हुँदै छ । बाहिर आफन्त र परिवारका सदस्यको भिड छ । भिडमा सन्नाटा छ । सबैका आँखा रसाएका छन् । अनुहार बेचैन देखिन्छ । त्यही भिडमा छन् – सिन्धुलीका रामबहादुर मोक्तान ।
रसुवाको टिमुरेमा बाढीमा बेपत्ता छोरा सञ्जयको शव भेटिने आशमा उनी चितवनको भरतपुर आइपुगेका छन् । रामबहादुरका दाइ रितबहादुर पनि भतिजको शव खोज्दै यतिबेला भरतपुरमा छन् । बिहीबार दिउँसो ३ बजेतिर उनीहरू औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको शव पहिचान केन्द्र आइपुगेका थिए । नारायणीमा भेटिएकाको शव केन्द्रमा राख्ने खबर पाएपछि दाजु–भाइ यहाँ आइपुगेका हुन् ।
Read full story at source (ratopati.com)