इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ
barnanmedia.com · Thu Aug 06 21:15:00 GMT 2026
विश्वकपसँग सम्बन्धित व्यावसायिक योजना असफल भएपछि चर्किएको विवादबीच फिफाले अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो शीर्ष नेतृत्वको पूर्ण समर्थन कायम रहेको जनाएको छ । साथै, विश्वकपसँग सम्बन्धित विवादास्पद व्यावसायिक प्रस्ताव प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको स्वीकार गर्दै फिफाले त्यसका लागि औपचारिक रूपमा माफी पनि मागेको छ ।
फिफाले जारी गरेको विज्ञप्तिअनुसार मोरक्कोको रबाटमा बसेको सङ्कट बैठकमा महासचिव म्याटियास ग्राफस्ट्रोम तथा व्यवस्थापन बोर्डका सदस्यहरूले इन्फान्टिनोप्रति पूर्ण विश्वास दोहोर्याएका छन् । बैठकमा विश्वकपसँग सम्बन्धित ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ नामक व्यावसायिक सहायक कम्पनीमार्फत अघि बढाइएको प्रस्तावमा गल्ती भएको स्वीकार गरिएको र त्यसलाई फरक ढङ्गले अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको जनाइएको छ ।
Read full story at source (barnanmedia.com)