भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु
ratopati.com · Thu Aug 06 23:27:29 GMT 2026

झापा । तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलाको पुल पुनर्निर्माण हुने भएको छ । बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्डअन्तर्गत पर्ने यो पुल निर्माणका लागि बुधबार नगरपालिकासँग निर्माण कम्पनीको सम्झौता सम्पन्न भएसँगै काम अघि बढ्ने भएको हो ।
करिब तीन वर्षअघि आएको बाढीले पुलमा क्षति पुर्याएपछि जोखिम मोलेर सञ्चालन हुँदै आएको थियो । गत वर्ष २०८२ साल साउनमा आएको बाढीले जीर्ण अवस्थाको पुलसमेत बगाएपछि झापा र इलाम जोड्ने महत्त्वपूर्ण सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसयता सर्वसाधारण र सवारीसाधनले घुमाउरो वैकल्पिक सडक प्रयोग गर्दै आएका थिए ।
Read full story at source (ratopati.com)