कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत उत्तीर्ण
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले गत साउन २ र ३ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
बोर्डले दिएको जानकारीअनुसार मौका परीक्षामा जम्मा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण हुने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ, जुन कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हुन आउँछ।
Read full story at source (hamrakura.com)