कक्षा १२ को मौका परीक्षामा ८१ प्रतिशतभन्दा बढी विद्यार्थी सफल
nagariknews.nagariknetwork.com · Fri Aug 07 00:38:21 GMT 2026

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार बिहीबार सार्वजनिक नतिजामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए।
तीमध्ये ५७ हजार ८९७ परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो। बोर्डले तीन परीक्षार्थीको परीक्षाफल भने रद्द गरेको जनाएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा आवश्यक संशोधन गरिने बोर्डले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)