आजदेखि देशभर प्रदर्शनमा ‘हली’ तथा ‘कमला मिस’, सामाजिक सन्देश बोकेका दुई नेपाली फिल्मबीच प्रतिस्पर्धा
kalakarmi.com · Fri Aug 07 00:54:50 GMT 2026

काठमाडौं- नेपाली फिल्म उद्योगका लागि शुक्रवार नयाँ रिलिजको दिन हो । यस साताको फ्राइडे रिलिजमा दुई फरक सामाजिक विषयवस्तुमा आधारित नेपाली फिल्म ‘हली’ तथा ‘कमला मिस’ आज साउन २२ गते शुक्रवार देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका छन् । दुवै फिल्मले मनोरञ्जनसँगै समाजका संवेदनशील विषयलाई उठान गरेका छन् ।
एकातिर निर्देशक ओम प्रतीकको ‘हली’ ले पश्चिम नेपालमा अझै केही स्थानमा विद्यमान रहेको छाउपडी प्रथाविरुद्ध सशक्त आवाज उठाएको छ भने अर्कोतर्फ वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित ‘कमला मिस’ ले बाल मनोविज्ञान, शिक्षा, मातृत्व र पारिवारिक सम्बन्धको भावनात्मक कथा प्रस्तुत गर्छ ।
Read full story at source (kalakarmi.com)