उरुग्वेको नयाँ प्रशिक्षकमा डिएगो फोर्लान
kendrabindu.com · Fri Aug 07 00:57:06 GMT 2026
मोन्टेभिडियो । आफ्ना पूर्व स्ट्राइकर डिएगो फोर्लानलाई उरुग्वेले राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक बनाएको छ । विश्वकपमा निराशाजनक प्रदर्शनपछि उरुग्वे फुटबल संघ (एयूएफ) ले यस्तो कदम चालेको बिहीबार जनाएको छ ।
फोर्लानले कार्यबाहकको हिसाबमा मात्र यो जिम्मेवारी पाएको जनाइएको छ । उरुग्वे उत्तर अमेरिकामा भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक मार्सेलो बिइल्साले पदबाट राजीनामा दिएका थिए । ‘डिएगो फोर्लानले यू–२० र राष्ट्रिय टोली सम्हाल्ने छन्,’ एयूएफले आफ्नो संक्षिप्त विज्ञप्तिमा भनेको छ ।
Read full story at source (kendrabindu.com)