विपद् प्रतिकार्यका लागि शक्तिशाली प्राधिकरण र स्वचालित संयन्त्र आवश्यक : मन्त्री लम्साल
ratopati.com · Mon Aug 31 11:02:36 GMT 2026

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि विगतको नेपाल पुनर्निर्माण प्राधिकरणजस्तै उच्च अधिकार सम्पन्न र शक्तिशाली निकायको आवश्यकता रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति र प्रतिकार्य योजनाबारे छलफलमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।
उनले समानान्तर रूपमा द्रुत गतिमा काम गर्न सक्ने संरचनाको परिकल्पना गर्नुपर्नेमा जोड दिए । मन्त्री लम्सालले विपद्को समयमा राज्यका तल्लो तहका संरचनाहरू स्वतः सक्रिय हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘विपद् आउनासाथ वडा, पालिका, प्रदेश र सिडिओ कार्यालयहरू स्वचालित रूपमा एक्टिभेट हुनुपर्ने थियो, तर त्यसो किन भएन ?’ उनले प्रश्न गरे ।
Read full story at source (ratopati.com)