डिओमान्डे रियल म्याड्रिडको कीर्तिमानी खेलाडी
kendrabindu.com · Fri Aug 07 01:00:31 GMT 2026
म्याड्रिड । रियल म्याड्रिडले बिहीबार आइभोरी कोस्टका १९ वर्षे विङगर यान डिओमान्डेलाई क्लबको कीर्तिमान युक्त १६ करोड १० लाख डलर सरुवा रकममा जर्मन टोली लाइपजिगबाट अनुबन्धन गरेको छ । त्यसमा बोनसहरु थप रहेको छ ।
डिओमान्डेलाइ भित्राउन बुन्डेसलिगाको टोली लाइपजिगसँग सहमत भएको जनाउदै रियल म्याड्रिडले विज्ञप्तीमा भनेको छ, ‘उनी हाम्रो क्लबमा ३० जुन, २०३३ सम्म गरी ७ सिजन रहने छन् ।’ यता लाइपजिगको विज्ञप्तीमा डिओमान्डेले भनेका छन्, ‘रियल म्याड्रिड जानु मेरो बच्चा देखिको सपना पुरा हुनु हो ।’
Read full story at source (kendrabindu.com)