१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा, लाभांश क्षमता ५०.७८ प्रतिशत
aarthiknews.com

काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८१.३६ प्रतिशत बढी हो। अघिल्लो वर्ष संस्थाले २ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
संस्थाका अनुसार खुद ब्याज आम्दानी ३५.५५ प्रतिशत बढेर १८ करोड ४९ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि ४ करोड ३० लाख रुपैयाँबाट बढेर १० करोड १९ लाख रुपैयाँ पुगेको छ।
Read full story at source (aarthiknews.com)