जन्मसिद्ध नागरिकता सीमित गर्ने ट्रम्पको अर्को प्रयास, दुई नयाँ कार्यकारी आदेश जारी
annapurnapost.com · Fri Aug 07 01:03:08 GMT 2026

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा दिइँदै आएको जन्मसिद्ध नागरिकताको प्रावधानलाई कडाइ गर्ने उद्देश्यले पुनः दुईवटा नयाँ कार्यकारी आदेश जारी गरेका छन्। सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने उनको अघिल्लो प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि नै ट्रम्प प्रशासनले यो नयाँ कानूनी रणनीति अपनाएको हो।
ह्वाइट हाउसस्थित राष्ट्रपति कार्यालयबाट जारी गरिएका दुई आदेशमध्ये पहिलो आदेशले गैर-अमेरिकी नागरिकका सन्तान (जसले स्वतः नागरिकता पाउँदैनन्) को दायरा र परिभाषालाई फराकिलो बनाएको छ। दोस्रो आदेशले बच्चा जन्माएर नागरिकता दिलाउने नियतले मात्र अमेरिका आउने अभ्यास अर्थात् ‘मातृत्व पर्यटन’माथि पूर्ण प्रतिबन्ध लगाएको छ।
Read full story at source (annapurnapost.com)