इन्फान्टिनोलाई एफएले समर्थन फिर्ता लिएपछि युइएफएको बहिष्कार चेतावनी
ratopati.com · Fri Aug 07 01:08:49 GMT 2026
इंग्ल्यान्ड । फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि युरोपेली फुटबलमा दबाब बढ्दै गएको छ। इंग्ल्यान्ड फुटबल संघ (एफए)ले इन्फान्टिनोलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि युरोपेली फुटबल महासंघ (युइएफए)ले विश्वकपसहित फिफाका प्रतियोगिता बहिष्कार गर्ने सम्भावना अझै खुला रहेको जनाएको छ।
विश्वकपलगायत फिफाका प्रमुख प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सा बिक्री गर्ने प्रस्तावको विरोधमा एफएले इन्फान्टिनोलाई समर्थन नगर्ने निर्णय गरेको हो। युइएफएले पनि इन्फान्टिनोको उक्त योजना फिर्ता भए पनि आफ्नो मुख्य माग पूरा नभएको जनाएको छ।
Read full story at source (ratopati.com)