नेटवर्किङको जालो र ठगी धन्दा
ratopati.com · Fri Aug 07 01:15:00 GMT 2026

पोखराको एउटा कलेजमा स्नातकोत्तर पढ्दै गरेका रुद्रराज (काल्पनिक नाम) जागिरको खोजीमा थिए । भविष्यको चिन्ता र आमाबुबाको सपनाले उनलाई सताइरहेको थियो । ठिक त्यति नै बेला उनको १२ कक्षा पढ्दाको साथी विवेक (काल्पनिक नाम) ले फेसबुक म्यासेन्जरमा एउटा सन्देश पटाउँछन्, ‘रुद्र, नेपालमा बसेर केही गर्न सकिन्न । म अहिले भैरहवा नजिकै एउटा बहुराष्ट्रिय कम्पनीमा काम गर्दै छु । मासिक एक–डेढ लाख सजिलै कमाइ हुन्छ । यहाँ अरू पनि काम गर्ने मानिस खोज्दैछन्, तिमीले काम गर्ने भए छिटो आऊ है ।’
म्यासेज देखेपछि रुद्रले म्यासेन्जरमै विवेकसँग कुरा गर्छन् र सोच्दै नसोची पोखराबाट भैरहवाको टिकट लिन्छन् । भैरहवा ओर्लने बित्तिकै विवेक र अर्को एकजना नयाँ मानिसले रुद्रराजलाई रिसिभ गर्छन् । तर, उनीहरूले रुद्रराजलाई कुनै अफिसमा होइन, सीमापारि भारतको एउटा ठुलो होटलको हलमा लैजान्छन् । रुद्रराज अलमल पर्नु स्वाभाविक भएपनि रोजगारीको लोभलाग्दो अफरले तिनलाई त्यहाँसम्म सजिलै डोर्याउँछ ।
Read full story at source (ratopati.com)