मनसुनको प्रभाव कायमै, आज कुन–कुन प्रदेशमा हुनेछ वर्षा ?
nepalsamaya.com · Fri Aug 07 01:14:48 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको जानकारी दिएको छ।
हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ। बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
Read full story at source (nepalsamaya.com)