मोर्चामार्फत मधेसमा साख फर्काउने दाउ
nepalnews.com · Fri Aug 07 01:14:07 GMT 2026

जनकपुरधाम । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा मधेसबाट एक सिट पनि जित्न नसकेका मधेसकेन्द्रित र वाम पृष्ठभूमिका सात दल नयाँ राजनीतिक मोर्चा बनाउँदै छन्। निर्वाचनमा एकअर्काविरुद्ध उम्मेदवार उठाएका र पछिल्लो समय आपसी तिक्तता झेलेका यी दल २३ साउनमा काठमाडौँबाट ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने तयारीमा जुटेका हुन्।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र बहुजन एकता पार्टी सहभागी हुने नेताहरूले बताएका छन्।
Read full story at source (nepalnews.com)