कांग्रेसको आधिकारिकता विवाद पुनरावलोकन हुने, पार्टी विभाजन तत्काललाई टरेको नेताहरुको भनाई
kendrabindu.com · Fri Aug 07 01:20:37 GMT 2026

काठमाडौं । कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा साढे तीन महिनाअघि भएको फैसला पुनरावलोकन हुने भएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशहरू श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार फैसला पुनरावलोकन गर्ने आदेश दिएसँगै कांग्रेस विभाजन भने तत्काललाई टरेको छ ।
२९ साउनको राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहेका असन्तुष्ट पक्षका नेताहरूले अब अदालतको निर्णय कुर्ने बताएका छन् । दुवै पक्षका नेताहरूले सर्वोच्चको आदेशबाट पार्टी एकतामा बल पुग्ने प्रतिक्रिया दिएका छन् । सर्वोच्चको आदेशपछि १५ औं महाधिवेशन भने अन्योलमा परेको छ । २ भदौबाट वडा अधिवेशन गरेर १४–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने संस्थापन कांग्रेसको तालिका छ ।
Read full story at source (kendrabindu.com)