बायर्न म्युनिखको लक्ष्य ‘च्याम्पियन्स लिग’
kendrabindu.com · Fri Aug 07 01:25:22 GMT 2026
काठमाडौं । बायर्न म्युनिखका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले गत सिजनमा देखाएको प्रदर्शनमा सुधार ल्याउन ‘साँच्चिकै कठिन’ हुने जनाएका छन् । तर, उनले नयाँ अनुबन्धित खेलाडीहरूको सहयोगमा जर्मन महारथी टोली बायर्नले सन् २०२० यता पहिलो पटक च्याम्पियन लिग जित्ने आस राखेको छ ।
गत सिजन बायर्नले लिग र कप गरी दुई उपाधि जितेको थियो । तर, टोली युरोपको प्रमुख प्रतियोगिता च्याम्पियन्स लिगमा अन्त्यमा विजेता बनेको पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग सेमिफाइनलमा पराजित भएको थियो । घरेलु उपाधि जित्नु जर्मनीको सबैभन्दा धनी र सफल टोलीका लागि खासै ठुलो चुनौती नभए पनि ६–५ को अग्रतामा फ्रान्सेली टोलीसँग पराजित भएपछि महादेशीय प्रतियोगिता जित्न बायर्नले थप समय कुर्नुपर्ने भएको थियो ।
Read full story at source (kendrabindu.com)