राष्ट्रिय सेवा दल विधेयकमा सत्तारुढ सांसदकै विरोध
barnanmedia.com · Fri Aug 07 01:16:25 GMT 2026

काठमाडौं । सरकारले संसद्मा ल्याएको ‘राष्ट्रिय सेवा दल, २०८३’ लाई लिएर सांसदहरूले प्रश्न उठाएका छन् । यो विधेयकको औचित्यदेखि त्यसमा भएका कमीकमजोरीबारे सांसदहरूले प्रश्न उठाएका हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा पुगेको राष्ट्रिय सेवा दल विधेयकमाथि बिहीबार सैद्धान्तिक छलफल भएको थियो । रक्षा मन्त्रालयको विधेयक भएकाले छलफलमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित हुनुपर्ने थियो । तर, प्रधानमन्त्री शाहले भने उक्त विधेयकमाथिको छलफलमा आफ्नो तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधित्व गर्ने भनी समितिमा पत्र पठाएका थिए ।
Read full story at source (barnanmedia.com)