बाढी पहिरो र चाडपर्व लक्षित गर्दै बजार अनुगमन तीव्र
ratopati.com · Mon Aug 31 11:06:41 GMT 2026

काठमाडौँ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ । विभागले मङ्गलवार (भोलि) देखि काठमाडौँ उपत्यकामा १० वटा विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो ।
विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार अहिलेसम्म बजारमा ४ वटा टोलीले मात्र अनुगमन गरिरहेकोमा भोलिदेखि थप मन्त्रालयबाट आएका कर्मचारीसहित करिब ४० जनाको १० वटा टोली खटाइनेछ । विभागले उपत्यकाका १३ वटा क्षेत्र निर्धारण गरी टोली परिचालनको तयारी गरेको छ।
Read full story at source (ratopati.com)