रोप्दा कागती, फल्दा अर्कै : ‘लो बिड’ ठेक्काले कृषिमा बढायो जोखिम
ratopati.com · Fri Aug 07 02:15:00 GMT 2026

काठमाडौँ । धादिङको सिद्धलेक गाउँपालिकाका कृषकले केही वर्ष अघि पालिकाबाट अनुदानमा लगेको सुन कागतीको बिरुवामा अर्कै फल फलेको भन्दै गुनासो गरेपछि नेपाली फलफूल खेतीमा गुणस्तरको प्रश्न उठेको छ ।
नेपालमा यस्तो घटना पहिलो पटक भने भएको होइन । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका भूपेन्द्र नेम्वाङले चार वर्ष अघि ९ रोपनी क्षेत्रफलमा कागती खेती सुरु गरे । उनले अन्नबाली उत्पादन हुने बारीमा करिब ५ लाख रुपैयाँको लगानीमा उन्नत जातको सुन कागती लगाएका थिए । चार वर्षको निरन्तर परिश्रमपछि बिरुवामा फल त लाग्यो, तर कागती नभई जङ्गली बिमिरो ।
Read full story at source (ratopati.com)