साउदीमा हुथी आक्रमणमा ११ सर्वसाधारण घाइते, इरान समर्थित समूहबाट थप हमलाको चेतावनी
lokaantar.com

यमनका हुथी विद्रोहीले साउदी अरबको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा ११ जना सर्वसाधारण घाइते भएका छन् । यससँगै साउदी अरबले हुथी र इरान समर्थित इराकी मिलिसियाले संयुक्त रूपमा थप आक्रमण गर्न सक्ने चेतावनी दिएको छ ।
साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मालिकीले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिअनुसार दक्षिणी नज्रान प्रान्तमा भएको आक्रमणमा सात जना साउदी नागरिक, एक यमनी, दुई इजिप्टेली र एक पाकिस्तानी नागरिक घाइते भएका छन् । घाइतेमध्ये चार वर्षका एक बालक पनि रहेका छन्, जसलाई दोस्रो दर्जाको जलन भएको जनाइएको छ ।
Read full story at source (lokaantar.com)