तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति
ratopati.com · Fri Aug 07 02:19:52 GMT 2026

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. ३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा क्षति पुगेको छ ।
गएराति सवा १ बजेतिर बीओपीको उत्तर-पश्चिम तर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला ढुङ्गाहरू एक आपसमा ठक्कर खाएर उछिट्टिँदा सशस्त्र प्रहरीको ब्यारेक र अन्य संरचनामा क्षति पुगेको हो ।
Read full story at source (ratopati.com)