सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको संरचनामा क्षति
lokaantar.com

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुगेको छ।
सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार बिहान १:१५ बजे बीओपी तातोपानीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको हो। पहिरोसँगै झरेका ढुंगाहरू एकआपसमा ठोक्किएर उछिट्टिँदा बीओपी परिसरका भवन तथा अन्य संरचनामा क्षति पुगेको हो।
Read full story at source (lokaantar.com)