एआई प्रयोग गरी प्रयोगशालामा नयाँ भाइरस डिजाइन
nepalviews.com · Fri Aug 07 02:32:26 GMT 2026

एजेन्सी । अमेरिकी अनुसन्धानकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गरेर पूर्ण रूपमा कार्य गर्न सक्ने र प्रयोगशालामा आफैँ वंश वृद्धि गर्न सक्ने नयाँ भाइरसहरू डिजाइन गर्न सफल भएका छन्। जेनेरेटिभ एआई को माध्यमबाट पूर्ण जिनोम (Genome) सफलतापूर्वक डिजाइन गरिएको यो पहिलो घटना हो।
स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तयार गरेका यी १६ वटा नयाँ भाइरसहरूले ब्याक्टेरियालाई मात्र आक्रमण गर्ने हुनाले मानिसलाई कुनै किसिमको खतरा भने छैन। यस उपलब्धिको वैज्ञानिक क्षेत्रमा 'एक महत्त्वपूर्ण टर्निङ प्वाइन्ट' का रूपमा प्रशंसा गरिएको छ, जसले रोगहरूको उपचारमा नयाँ युगको ढोका खोल्न सक्छ। तर, यससँगै एआईद्वारा डिजाइन गरिएका भाइरसहरूले गम्भीर सुरक्षा चुनौतीसमेत खडा गरेको विज्ञहरूले चेतावनी दिएका छन्।
Read full story at source (nepalviews.com)