विनाशकारी बाढीले तारकेश्वरको मन्दिर र पुल बगायो, तारुकाको बस्ती जोखिममा
ratopati.com · Mon Aug 31 11:15:01 GMT 2026

काठमाडौंँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका प्रभावित भएको छ । गाउँपालिकाका अध्यक्ष शिव अधिकारीका अनुसार बाढीपहिरोले गाउँपालिकाभित्र ठुलो भौतिक पूर्वाधार, कृषि योग्य जमिन र ऐतिहासिक धार्मिक सम्पदामा क्षति पुर्याएको छ ।
गाउँपालिकाको सीमाभित्र कुनै मानवीय क्षति वा कोही नागरिक बेपत्ता भएको विवरण छैन, तर तारकेश्वर गाउँपालिकाका एक जना नागरिक बेलकोटगढी नगरपालिकामा रहेको समयमा बाढीले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष अधिकारीले बताए ।
Read full story at source (ratopati.com)