बेलायतका राजा चार्ल्सले बुझाए साढे २ अर्ब बढी कर
lokaantar.com

बेलायतका राजा चार्ल्सले आर्थिक वर्ष २०२४–२५ मा आफूले १ करोड २९ लाख पाउन्ड (करिब २ अर्ब ५६ करोड ३२ लाख ३० हजार नेपाली रुपैयाँ) कर बुझाएको विवरण सार्वजनिक गरेका छन् । बीबीसीका अनुसार बेलायती इतिहासमा आफ्नो करको विवरण यसरी औपचारिक रूपमा सार्वजनिक गर्ने उनी पहिलो सम्राट हुन् । यो कर रकमसँगै राजा चार्ल्स बेलायतका शीर्ष १०० धेरै कर बुझाउने करदाताहरूको सूचीमा परेका छन् ।
शाही परिवारको वार्षिक प्रतिवेदन र लेखा विवरणअनुसार सोही अवधिमा युवराज विलियमले ७७ लाख ६० हजार पाउन्ड कर तिरेका छन् । राजदरबारको वित्तीय पारदर्शिता बढाउन र जवाफदेहिताप्रति जनताको बुझाइलाई फराकिलो बनाउन राजा र युवराज दुवैले स्वैच्छिक रूपमा यो व्यक्तिगत निर्णय लिएको बकिङ्घम प्यालेसले जनाएको छ । सन् २०२२ मा चार्ल्स राजा र विलियम युवराज बनेयता पिता–पुत्रले बेलायती कर कार्यालयलाई ५ करोड पाउन्डभन्दा बढी कर बुझाइसकेका छन् ।
Read full story at source (lokaantar.com)