लर्डबुद्धमा एआई प्रयोगमुखी शिक्षा दिने ‘एमबीए इन एआई’ कार्यक्रम सुरु, 'एआई सर्भर ल्याब' को पनि तयारी
techpana.com · Fri Aug 07 03:14:04 GMT 2026

काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । एआई र सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो बजार मागलाई लक्षित गर्दै फाउण्डेशनले यो पाठ्यक्रम सुरु गरेको हो ।
फाउण्डेशनका अध्यक्ष इन्जिनियर पंकज जालानका अनुसार मलेसियाको 'एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन' को सम्बन्धनमा नेपाल सरकारको शिक्षा मन्त्रालयबाट स्वीकृति तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरी यो कार्यक्रम सञ्चालनमा आएका हुन् । पाठ्यक्रम सञ्चालनका लागि फाउण्डेशनले 'डीएलए कन्सल्टिङ' सँग सहकार्य गरेको जनाएको छ ।
Read full story at source (techpana.com)