कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि छानबिन समिति गठन
barnanmedia.com · Fri Jun 26 01:56:59 GMT 2026

शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजालाई लिएर विभिन्न प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको जानकारी दिएका छन्।
उनका अनुसार नतिजाको विश्वसनीयता सुनिश्चित गर्न उत्तरपुस्तिकाको नमुना परीक्षण गरिनेछ भने परीक्षाङ्क प्रविष्टि (डेटा इन्ट्री) को समेत पुनः प्रमाणीकरण गरिनेछ। प्राप्त प्रतिवेदनका आधारमा आवश्यक निर्णय र थप प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
Read full story at source (barnanmedia.com)