सिराहाको बलान खोला क्षेत्रबाट ५३ किलोभन्दा बढी गाँजा बरामद
ratopati.com · Fri Aug 07 03:26:29 GMT 2026

सिराहा । सिराहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकामा प्रहरीले ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । गएराति नियमित गस्तीमा रहेको प्रहरी टोलीले ५३ किलो ४६५ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार राति करिब ११:५० बजेको समयमा सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ४, सिमरास्थित बलान खोलामा इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको गस्ती टोलीले उक्त पदार्थ फेला पारेको हो ।
Read full story at source (ratopati.com)