वीरगञ्जमा ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरी बेच्ने गिरोह पक्राउ
lokaantar.com

पर्साको वीरगञ्जमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ करिब ५:१० बजे वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा भारतबाट आईसीपी जाँचपास गरेर नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट सिलमा जडान गरिएको फलामको पाइपको हुक प्रयोग गरी अनाधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)